२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

नुवाकोटको म्यागङ–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी


३१ वैशाख, नुवाकोट । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका छन । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०७:३३