१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

स्पेनका लागि नेपाली राजदूत रायमाझी बीमा समेत नभएको गाडी भान्सेलार्इ चलाउन दिन्छन


६ भदाै, स्पेन ।  स्पेनका लागि नेपाली राजदूत भरत रायमाझीले बीमा समेत नभएको गाडी भान्सेलार्इ चलाउन दिएको खुलासा भएको छ । योसँगै नेपाली राजदूतावास म्याड्रिडले आफ्नो कुटनीतिक सवारी साधन बिमाविना गुडाउने गरेको पाइएको छ । स्पेनका लागि नेपाली राजदुत रायमाझीले आफ्नो भान्सेलाई मनोमानी ढंगबाट सवारी साधन चलाउन दिने गरेका हुन ।

साउन २६ गते स्थानीय एक व्यवसायीको पार्टीमा सहभागिता जनाउन परिवारसहित पुग्दा पनि रायमाझीले बीमाबिहीन गाडी नै चढेका थिए भने गाडी भान्सेले चलाएका थिए । स्पेनकाे स्थानीय सरकारको नियम कानुनसमेत धज्जी उडाउँदै पहिलो पक्ष र तेश्रो पक्ष बिमा नै नभएको सिडि १०३००२ नम्बरको किया कम्पनीको गाडीमा रायमाझी हिड्ने गरेका छन ।

बिमा नै नगरी कुटनीतिक मर्यादा नाघियो नि भन्ने जिज्ञासामा राजदुत रायमाझीले चलाउन ल्याइएको सवारी चलाइयो, के आपत्ति भन्ने जवाफ दिएका छन । बिमा नभएको सवारी साधनमा अन्य कुटनीतिक कर्मचारी यात्रा गर्न समेत मानेका छैनन् ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १८:३९