१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नवलपरासीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२९ वैशाख, नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रामग्राम नगरपालिका–६ पोखरापाली बस्ने ४० वर्षीय हरिद्धार यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार ११:४३