१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

केपिलासगढी गाउँपालिकामा नमुना मतगणना (फाेटाेफिचर)


२९ वैशाख, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यासस्वरुप बिहीबार बिहान नमुना मतगणना गरिएको निर्वाचन अधिकृत राजकुमार राईले जानाकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणनस्थल तयार पारेपछि नमुना मतगणना गरिएको हो । निर्वाचनपछि मतगणना गर्ने अभ्यास र सीप विकासका लागि मत गणनाको रिहल्र्सल गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

केपिलासगढीमा मतगणनस्थललाई बाँसको भाटा र भलिबलको जाली प्रयोग गरेर घेरा लगाइएको छ । मतगणना गर्ने कर्मचारी र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँको बीचचमा घेराबारा हालेर सुरक्षा व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा सीसी क्यामेरा पनि जडान गरिएको निर्वाचन अधिकृत राईले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार ११:२८