१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

बुथ कब्जा गर्न झुले काँग्रेसले गुण्डा भित्र्यायो, स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए


२५ वैशाख, चरिकोट । दोलखामा नेपाली काँग्रेस झुलेका पार्टी सभापति प्रकाश पाख्रिनले निर्वाचनमा बुथ कब्जा गर्न भन्दै गुण्डा भित्र्याएको पाइएको छ । निर्वाचनमा आफु हार्ने निश्चीत भएपछि बुथ कब्जा गर्ने दाउँमा पार्टी सभापति पाख्रिनले आइतबार गुण्डाहरु भित्र्याएको सूचना पाएपछि स्थानीयहरुले प्रहरीको सहयोगमा उनको घरमा छापा मारेको थियो । छापा मार्ने क्रममा १२ जना अपरिचीत युवाहरु भेटेपछि स्थानीयहरुले नियन्त्रणमा लिएर १० जना लाई प्रहरीको जिम्मा लगाएका छन् ।

२ जना भने मोटर साइकल लिएर फरार भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । भाडामा दोलखा ल्याइपुर्याइएका ती युवाहरू गुण्डाको काम गर्न झुले आइपुगेको बताइएको छ । पाख्रिनको घरबाट ती गुण्डाहरुले प्रयोग गर्ने दुई वटा मोटरसाइकल र २ वटा स्कुटर समेत नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झुलेमा अराजक गतिविधि बढ्न थालेको हो । यस अघिका निर्वाचनहरुमा शान्तीपूर्ण हुँदै आएकोमा झुलेको निर्वाचन यो पटक भने सुरक्षाको हिसावले संवेदशिल हुने निश्चित भएको छ ।

गाउँमा पार्टी भित्रै अल्पमतमा परेका पाख्रिनकै विपक्षमा नेपाली काँग्रेसबाटै बिद्रोह गरेर स्वतन्त्र उम्मेद्धवारी पनि परेको छ । अहिले स्वतन्त्र उम्मेद्धवारको पक्षमा माहोल राम्रो भएकै कारण आत्तिएर पार्टी सभापतिले गुण्डा भित्र्याएको त्यहाँका स्थानीयहरुको भनाई छ । अहिले झुलेमा नेपाली काँग्रेस,नेकपा एमाले र स्वतन्त्र गरि त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार २०:५१