२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

जागिरे जीवनबाट विदा भएका प्रा डा जागेश्वर गाैतम अब विरामी र परिवारकाे सेवामा समर्पित हुने


२५ वैशाख, काठमाडौँ । कोरोना महामारीको समयमा जनतालाई सुसुचित गराउने कामको नेतृत्व गरेका प्राध्यापक डा जागेश्वर गौतमले २७ वर्षा लामो सरकारी सेवाबाट विदा लिएका छन । आइतबार गौतमले सामाजिक सञ्जालबाट सरकारी सेवाबाट विदा भएको घोषणा गर्दै बाँकी जीवन विरामी र परिवारको सेवामा समर्पित गर्ने बताएका छन ।

गाैतमले सामाजिक सञ्जाल मार्फत यस्तो भनेका छन

२०५२ शाल चैत्र १ गतेबाट मेडिकल अफिसर को पदबाट शुरु भएको मेरो नेपाल सरकारको जागिर आजबाट प्रमुख कन्सल्ट्याण्ट प्रशुती तथा स्त्रीरोग बिशेषज्ञको पदबाट अन्त्य भएको छ। परोपकार प्रशुती तथा स्त्रीरोग अस्पताल – स्वास्थ्य मन्त्रालय – राजबिराज – भद्रपुर – भरतपुर – सुर्खेत – गोरखा – स्वास्थ्य मन्त्रालय – परोपकार प्रशुती तथा स्त्रीरोग अस्पताल – स्वास्थ्य मन्त्रालय – वीर अस्पताल – परोपकार प्रशुती तथा स्त्रीरोग अस्पतालमा कार्यरत रहदा सहयोग गर्नु हुने सबैमा कृतज्ञ छु।यस अबधिमा पहाडका प्रायजसो जिल्लामा सन्चालित प्रोल्याप्स सर्जरी क्याम्पमा अपरेसन गर्ने मौका र पन्ध्र भन्दा बढी देसको भ्रमण गर्ने अबसर पनि मिलेको थियो ।

भरतपुर अस्पतालको स्त्रीरोग बिशेषज्ञ , चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको प्राध्यापक, नेपाल मेडिकल काउन्सिलको अध्यक्ष , प्रशुतिगृहको निर्देशक भै गरेका कामहरु, कोरोना महामारीको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महाशाखा प्रमुख तथा प्रवक्ता भएर काम गर्दाका अनुभव हरु र राज्यलाई अप्ठ्यारो परेको बेला कोभिड १९ युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी भएर काम गरेका अनुभव ताजा नै छन ।

यो सत्ताइस बर्षको अबधिमा मलाइ प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने नेपाल सरकार र अन्तर्गतका निकायहरु, मेरा सिनियर, समकालीन, जुनियरहरु, प्यारा बिद्यार्थी भाइ बहिनीहरु, आफन्त, EDP का मित्रहरु, बिरामीहरु, मेडियाकर्मी साथीहरु र परिवारका सदस्यहरु सबैमा आभार तथा धन्यबाद ब्यक्त गर्दछु। सेवाको शिलसिलामा कसै सङ्ग पनि मेरो बैरभाव र गुनासो छैन , मैले अन्जानमा गरेका गल्तीहरु भए क्षमा दिनु हुन समेत अनुरोध गर्दछु।अब मेरो बाकी जीवन पुर्णरुपमा मेरो परिवार र मेरा प्यारा बिरामीहरुको सेवामा समर्पित गर्ने निर्णयमा पुगेको छु।

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार २०:३३