२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

किस्पाङमा एमाले माओवादी गठबन्धन जिताउन कांग्रेसका नेता सिंगबहादुर लामाद्धारा पार्टी परित्याग


२५ वैशाख, नुवाकोट । नुवाकोटको किस्पाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन जिताउन नेपाली कांग्रेसका प्रभावशाली नेता सिंगबहादुर लामाद्धाले पार्टी परित्याग गरेका छन । शनिबार एमाले माओवादी गठबन्धनको घरदैलो कार्यक्रममा लामा कांग्रेस परित्याग गरि अभियानमा सहभागी भएका छन । लामा शनिबारदेखि एमाले र माओवादी गठबन्धनको घरदैलोमा सहभागी हुँदै मत मागिरहेका छन ।

लामा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाको विश्वासपत्र हुन । उनी कांग्रेस नुवाकोट जिल्ला क्षेत्र नं। २ का क्षेत्रिय सदस्य पनि हुन ।  किस्पाङमा एमाले र माओवादीको गठबन्धन रहेको छ । एमालेबाट अध्यक्षमा वीरबल तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रबाट अर्जुन न्यौपाने उम्मेदवार रहेका छन । कांग्रेसबाट भने अघिल्लो चुनावमा एमालेबाट कांग्रेस प्रवेश गरेका छत्र लामा नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका छन ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार २०:१०