२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

इटालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएको सुपरयाट कब्जा गर्यो


२४ वैशाख, रोम । इटालीका अधिकारीहरूले शुक्रबार एउटा विशाल याट जफत गरेका छन् । सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ । अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तिय प्रहरीले अनुसन्धान गरिरहेको छ । इटालियन अनुसन्धानले ‘आधिकारिक रूपमा सेहेराजादे र रुसी सरकारका प्रतिष्ठित व्यक्तिहरू बीचको महत्वपूर्ण आर्थिक र व्यापारिक सम्बन्ध स्थापित गर्न मद्दत गरेको’ प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘अनुसन्धान पछि अर्थमन्त्री डेनियल फ्रान्कोले याट जफत गर्ने आदेशमा हस्ताक्षर गरेका छन्’, सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो पश्चिमी समुद्री तट सहर मासाको मरिना डि काराराको सिपयार्डमा मर्मत कार्यको लागि धेरै महिनादेखि थन्किएको थियो । तर, उक्त याच पानीमा फर्किएको र शुक्रबार तैरने अवस्थामा रहेको एएफपी फोटोग्राफरले दाबी गरेका थिए । इटाली सरकारले विज्ञप्ति निकाल्नुअघि उनले त्यस्तो दाबी गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १४:२८