१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

काभ्रेमा तीर्थ यात्रु सवार बस र टाटा सुमो ठोक्किंदा ५ जनाको मृत्यु, १९ जना घाइते


२१ वैशाख, काठमाडौँ । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र टाटा सुमो एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको टाटा सुमो एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् ।

दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १५:१४