१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

हँशिया हथाैडाको झण्डामुनी छमछमी नाच्दै कांग्रेस नेता बहादुरसिंह लामा केदारनरसिंह केसी (भिडियो)


२१ वैशाख, नुवाकोट । गठबन्धनका कारण चुनावी प्रचारका क्रममा अनेक खालका दृष्यहरू देखिएका छन । नुवाकोटको विदुर नगरपालिकामा चुनावी प्रचारको क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा र जिल्ला सभापतिमा पराजित भएका डा केदारनरसिंह केसी माओवादीको चुनाव चिन्ह हशियाँ हथौडाको झण्डामुनी छमछमी नाच्दै भोट मागिरहेका छन ।

बुधबार बिहान विदुर नगरपालिकाको ३ वडामा भएको घरदैलोमा कांग्रेस नेताहरू हशियाँ हथौडाको झण्डामुनी छमछमी नाचेका हुन । उनीहरूले सेते सेतो कमेरो माटो, झल्को आउँछ गइन्न यो बाटो भन्दै मादलको तालमा नाचेका थिए ।  विदुरमा कांग्रेसले मेयरमा राजनलला श्रेष्ठलाइ उम्मेदवार बनाएको छ भने उपमेयरमा माओवादीले प्रभा बोगटीलाइ उम्मेदवार बनाएको छ ।

भिडियो तल हेर्न सक्नुहुन्छ

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १२:२०