१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

एमाले उम्मेदवार सर्वसम्मत भएको ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प


१२ वैशाख, काठमाडौँ । नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

आजै एमाले स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७  ओलाङचुङगोलामा नेकपा एमालेका नेता छेतेन शेर्पा वडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार २१:०३