१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

चन्दननाथको मेयर पदमा कठायतको स्वतन्त्र उम्मेदवारी


१२ वैशाख, जुम्ला । नेपाली कांग्रेसका नेता राजुसिंह कठायतले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पार्टीले मेयर पदको उम्मेदवारको टिकट नदिएपछि उनले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यस्तै मेयर पदका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले लामो समयदेखि पार्टीमा खटिएर लाग्दासमेत अन्तिममा पाँचौँ नम्बरमा रहेका उम्मेदवारलाई मेयर पदको टिकट दिएको बताए । उनले भने, ‘पार्टीलाई योगदान दिने कार्यकर्ता नचिन्ने नेपाली कांग्रेसको पाटी छोडेर स्वतन्त्र उम्मेदवार दिनु परेको हो’ उनले भने,’०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदको टिकट आफूलाई दिने भनेपनि अन्तिममा कान्तिका सेजुवाललाई दिइयो । यस पटक पनि उस्तै भयो । जुम्लाका नेताले निकै चलखेल गरेर अन्याय गरेपछि स्वतन्त्र दिनु परेको हो । गएको प्रदेशको निर्वाचनमा पनि कम्युनिष्टसँग कसैको पनि लड्न दम नभएपछि मैले लड्नु पर्‍यो । भलै मैले हारे ।’

तर नेपाली कांग्रेस पार्टीले चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा रामदेवि खड्कालाई उम्मेदवार बनाएको हो । मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार २०:१९