१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई प्रधानमन्त्रीको अाह्वान


३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना दिवशका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सन्देशमा प्रधानमन्त्री ओलीले सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सुचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताउनुभएको छ । “नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउछु ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ ।

सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराउनु भएको छ । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

वर्तमान सरकारा पारदर्शीता,भ्रष्टाचार नियन्त्रण,विधिको शासन र जवाफदेहीताको संस्कृतीमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सुशासनलाई मजवुद बनाउदै समृद्ध नेपाल,सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १०:२३