१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

उपचारका नाममा बिरामी भारत लगी ठग्ने पक्राउ


२२ फागुन, झापा । झापामा उपचारको नाममा विभिन्न आश्वासन देखाएर बिरामीलाई भारतलगी ठग्ने व्याक्ति पक्राउ परेको छ ।

भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पु¥याउँदै ठगी गर्ने गरेको उक्त व्याक्तिले बताएकाछन् ।

पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् ।

पछिल्लो समय बाह्रदशी गाउँपालिका २ राजगढका कालीबहादुर भण्डारी ठगिएको र उनले दिएको उजुरीका आधारमा प्रहरीले भट्टराईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ परेका भट्टराईलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १६:५१