१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दुर्इ अनेरास्ववियुको एकीकरणः अध्यक्षमा एेन महर ! नाम अनेरास्ववियू रहने


१ भदाै, काठमाडाैँ । तत्कालीन एमाले र माअोवादीको विद्यार्थी संगठनको एकता निर्णायक मोडमा पुगेको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको एकीकरणका लागि बनेको कार्यदलले साझा नाम टुंग्याएको छ । एकता लागि बनेको कार्यदलले नेतृत्व बाहेक सबै विषय टुंगो लगाएको छ । दुबै संगठनले एकीकरण पश्चात स्थापनाकालिन साझा नाम अनेरास्ववियू राख्ने महत्वपूर्ण सहमति गरेका छन ।

एकतासँगै ४९९ सदस्यीय केन्द्रीय कमिटी वन्ने भएको छ । जसमा पुर्व अनेरास्ववियुवाट २६० र पुर्व अनेरास्ववियू (क्रान्तिकारी)वाट २३९ जना सदस्य रहने अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । अनेरास्ववियुकाे नेतृत्वका लागि समेत अन्तिम कसरत सुरू भएको छ ।

पूर्व अनेरास्ववियु क्रान्तिकारीबाट रञ्जित तामाङ एक्लो प्रतिस्पर्धी रहेका छन भने पूर्व अनेरास्वियुबाट सात जना प्रतिस्पर्धामा रहेका छन । यद्यपी मुख्य रूपमा उपाध्यक्ष महेश बर्ताैला र महासचिव एेन महरनै अध्यक्षका लागि मुख्य प्रतिस्प्रर्धी देखिएका छन । पार्टी केन्द्रले कुन जनसंगठन कसको भागमा भन्ने निर्णय लिएपछि नेतृत्वको अन्तिम टुंगो हुनेछ । तथापी महासचिव विष्णु पाैडेल निकट स्रोतका अनुसार युवाको मोर्चा पूर्व माअोवदीलार्इ दिएर विद्यार्थी संगठनको मोर्चा पूर्व एमालेले लिने अान्तरिक समझदारी बनेको छ ।

अनेरास्ववियुको अध्यक्ष समेत रहेकी प्रतिनिधिसभाकी सदस्य नविना लामाले विद्यार्थी राजनीतिबाट विदा लिने निर्णय यसअघि नै गरिसकेका कारण उपाध्यक्षहरू मध्येबाट बर्ताैला र महासचिव महर नेतृत्वको दाैडमा अगाडि देखिएका हुन । नेतृत्वको दाैड पेचिलो बनेका कारण यसअघि नै पटक पटक अनेरास्ववियुको नेतृत्व चयनका लागि भएका प्रयास असफल भएको थियो ।

नेतृत्व चयनमा  पार्टीको समेत भूमिका हुनेहुँदा महर अझ बलिया देखिएका छन । नेकपा स्रोतका अनुसार महर अध्यक्ष हुँदै गर्दा अनेरास्ववियुको वर्तमान उपाध्यक्षहरू मध्ये सुनिता बराल बाहेक अन्य उपाध्यक्षलार्इ बिदा गरिने तयारी भएको छ । प्रतिस्पर्धामा धेरै रहेको र एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने भन्दै पार्टी नेतृत्वमा लविङ चलेकाले पार्टीले नै निर्णय गर्ने अवस्थामा महरको निर्णय हुने नेकपा अध्यक्ष केपी शर्मा अोली निकट स्रोतले बतायो । महरले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवस्थामा रञ्जित तामाङलार्इ भने पार्टीको जिम्मेवारीमा पठाउने तयारी समेत भएको छ ।

बराल अध्यक्ष र पुन महासचिव बनाउने पहल तुहियो 

अनेरास्ववियुमा उमेरको हदबन्दी लगाएर सिनियरहरू सबैलार्इ बिदा गरेर सुनिता बराललार्इ अध्यक्ष बनाएर दिपेश पुनलार्इ महासचिव बनाउने एउटा पहल भने तुहिएको छ । तत्कालका लागि उमेरको हदबन्दी लगाउन समस्या रहेका कारण यो पहलमा पूर्णविराम लागेको हो । पार्टीका नेताहरूकै संलग्नातामा बराल र पुनलार्इ अनेरास्ववियुको नेतृत्वमा स्थापित गराउन ठूलै पहल चलेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार १५:३३