२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एन्फा चुनावमा मताधिकार लिन राजीनामा दिने


३० चैत, काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बहालवाला पदमा रहेका व्यक्तिले असारमा हुने चुनावमा मताधिकार लिएर आउन नपाउने भएसँगै पदाधिकारीले राजीनामा बुझाएका छन् । भोलिबाट पदमा रहने व्यक्तिले भोट दिन नपाउने भएसँगै करिब एक दर्जन व्यक्तिले राजीनामा दिएको स्रोतले बताएको छ ।

राजीनामा दिनेमा उपाध्यक्षदेखि सहमहासचिव सहित सदस्य रहेका छन् । ‘आगामी चुनावलाई केन्द्रित हुँदै राजीनामा बुझाइएको हो,’ एक उच्च पदाधिकारीले न्युज कारखानासँग भने, ‘राजीनामा स्वीकृत भएको छैन ।’ जेठ १५ गते हुने तय भएको एन्फा चुनाव असार ६ गतेका लागि सारिसकेको छ । पुस २३ गते बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव जेठमा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार २०:४६