१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

१८औँ एसियन गेम्सअन्तर्गतको फुटबल खेलमा नेपाल लगातार दोस्रो पटक पराजित


१ भदाै, काठमाडाैँ । इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत बिहीबार भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ ।

स्थानीय विभाहा मुक्ति रङ्गशालामा बिहीबार साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको ३०औँ मिनटेमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै ६२औँ मिनेटमा भान डक फानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल भियतनामले जत्यो ।

पहिलो खेलमा नेपाल गत मङ्गलबार जापानसँग १–० ले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले समूहचरणको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ । यस प्रतियोगिताको औपचारिक उद्घाटन भने भदौं २ गते हुँदैछ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ०८:००