२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत


१० चैत, भक्तपुर । भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १२:२४