२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

माओवादी केन्द्र घोराही उपमहानगरका अध्यक्ष शर्मासहित एक दर्जन नेता एमालेमा (भिडियो)


१० चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं दाङको घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्मासहित एक दर्जन नेता नेकपा एमालेमा प्रवेश गरेका छन । रातारात काठमाडौँ आइपुगेर शर्मा सहितका माओवादी नेताहरू बिहीबार बिहान नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको कार्की व्यंकेटमा पुगेर एमाले प्रवेश गरेका हुन । उनलाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमालेमा स्वागत गरे ।

यसअघि शर्माले पार्टीको जिम्मेवारीबाट अलग रहने निर्णय गरेका थिए । उनले साधारण सदस्य समेत नरहनेगरी माओवादी त्यागेको घोषणा गरेका थिए ।

उनी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत हुन । शर्माले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु ।’

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ११:४९