२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

माओवादीका पूर्व कमाण्डर भन्छन, म समयमै एमालेतिर लागेँ तपाईं पनि चाँडै निर्णय लिनुस्


-विश्वराज बराल

अस्थिर मानसिकता , उपयाेगकाे निति प्रतिकाे बिश्वास र अवसरकाे लागि सबै कुरा जायज देख्ने द्रिष्टिकाेण का कारण आज प्रचण्ड नेत्रित्वकाे पार्टि निकै कमजाेर बनिरहेकाे छ । प्रचण्ड जि आफ्नाे अनुकुल हुने खाले परिस्थिति नदेखेपछि उहाँ राष्ट्र सम्बिधान पार्टि सान्ति प्रक्रिया सङ्घियता सबै खतरामा देख्नुहुन्छ भन्दापनि त्यसरि पार्टि पङ्तिलाई बिश्वास दिलाउने काेशिषमा लाग्नु हुन्छ ।

भारतमा बसेर लडाईकाे नेत्रित्व गर्दा जनयुद्ध जित्ने देख्नुभयाे अवसर नपाउदा देउवा सरकार समक्ष ४० सुत्रिय माग राखेर जनयुद्धमा जाने निष्कर्ष निकाल्नु भयाे जब भारतले प्रचण्डलाई साईजमा ल्याउन माेहनबैध लगायतलाई गिरफ्तार गर्याे तब प्रचण्ड देश भित्र छिरेर एउटा माेर्चा लाई नजिकबाट हेर्नू भयाे अनि जनयुद्ध र पार्टि सबै सकिने बिदेशि सेना आउने देख्नुभयाे र भारतकाे मध्यस्थतामा १२ बुदे सम्झाैता गर्नुभयाे ।

मुखमा चुनाव दिमागमा बिद्राेह भन्नुभयाे गरिजा कहिले महान कहिले कहिले राष्ट्रघाति जनघाति देख्नुभयाे । प्रचण्डको अवसरवाद अस्थिरमानसिकता र उपयाेगकाे नीति एव जीवन व्यवहारमा चरम स्खलनकाे कारण जब पार्टी सकिदै गयाे तब प्रचण्डले नेकपा ( एमाले ) सङ्ग पार्टि एकता गर्नु भयाे ।

मात्र आफू ठिक तसर्थ आफुनै पाओरमा रहनु प्रदछ भन्ने मानसिकताले त्याे ऐतिहासिक आवश्यकताकाे आधारमा भयकाे एकता र जनमत लाई उहाले पचाउन सक्नुभयन र उहाकै दस्तावेजले भनेकाे दलाल नाेकरशाहि पुजिवाद र उदारवाद अझ पुरानाे वर्गकाे प्रतिनिधि पार्टि काङ्ग्रेस लाई बाेकेर घिसारेर अनुनय बिनय गरेर प्रधानमन्त्री बनाउनु भयाे ।

जतिबेला सम्म प्रचण्डले केपि सहितकाे नेकपा आफ्नाे ईशारमा चल्न सक्छ भन्ने मान्नु भयाे केपि ओलि र नेकपा महान भयाे जब प्रचण्डको व्यक्तिवाद र अवसरवाद भनेअनुसार फष्टाउन नपाउने भयाे तब केपि राष्ट्रघाति गणतन्त्र बिराेधि सङ्घियता बिराेधि भयाे ।

नेकपा छाेड्नाकाे निर्णायक कारण मानियकाे यमसिसि जसलाई बिगत प्रचण्डको समर्थन सहितकाे सरकारहरुले गरेकाे सम्झाैता हाे । अहिले नाैट्ङ्कि गरेर यमसिसि पास गर्नु भयाे पास नहुदा सम्बिधान सङ्घियता राष्ट्रियता खतरामा पर्ने भयाे रे । प्रचण्डले बिगतमा भारत अमेरिका सङ्ग गरेका सम्झाैता सहमतिकाे कारण अफ्ट्याराेमा पर्ने गरेकाे हुन सक्छ नत्र नेपालमा एमाले काङ्ग्रेस या अरुवाट गणतन्त्र सङ्घियतामा कुनै खतरा छैन । बनकाे बाघले खाओस नखाओस मनकाे बाघले खाने कुरा अलग भयाे । एउटा क्षमता प्रचण्डको हाे आफ्ना कहि मान्छेलाई हाेभन्ने बनाईदिन सक्ने ।

रानैतिक वर्गिय सैद्धान्तिक कुनै काेण बाट काङ्ग्रेस सङ्ग अहिले माओवादिकाे सहकार्य नहुन पर्ने हाे । यमसिसि काे बिराेधमा सडकमा मान्छे ओरालेर घाईते बनाउने अनि काल्पनिक खतरा अगाडि सारेर पास गर्ने । अमेरिका सङ्ग गरेकाे सम्झाैताकाे दस्तावेज एउटा यहाँ सम्सदबाट सम्साेधन गरियाे १२ बुदे भनेर जनता लाई उल्लु बनाउन खाेज्ने कुन्नि के काे न्यानाे खाेज्दा खाेज्दा पार्टि सकियाे अझै चेत नपलायर सकिने भय ।

नेपालकाे राजनैतिक उपलब्धि गुम्नेहाे भने प्रचण्डको कारण गुम्छ किनकि प्रचण्ड अस्थिरता पैदागरेर सत्ता वरिपरि रहिरहन चाहन्छन त्यसै गरेर आफू रहदा सम्म पार्टीको नाम जाेगाउन चाहन्छन जनमतत प्रचण्ड सङ्ग रहेन । नेपालकाे लागि सम्पुर्ण हिसावले खतरा भनेकाे अस्थिरता हाे अस्थिरताकाे नेता प्रचण्ड हुन । अस्थिरता बिकास स्वाधिनता काे बाधक हाे । नेपालमा स्थिरता स्थाईत्व भय बैदेशिक हस्तक्षेप सम्भव हुन्न अस्थिरता साम्राज्यवाद काे चाहना हाे ।

केही मान्छेले भन्लान त पनि हिजाे माओवादि हाेस अहिले त्यहि पार्टिकाे सत्ताेसराप गर्दछस , हाे म हिजाेकाे माओवादि हाे जतिबेला माओवादि कतिपय कमिकमजाेरिका वबजुद ठिक थियाे त्याे हिजाे काे कुरा हाे तर ०६४/०६५ पछि माओवादि पुरै स्खलित हुदैगयाे र अन्तत माओवादि रहेन । अहिले के गर्ने त्याे महत्वपुर्ण कुरा हाे ईतिहासमा ठिक गरेर भयन वर्तमानमा ठिक गर्नु पर्याे । अहिलेकाे ठिक स्थिरता बिकास स्वाधिनता सामाजिक न्याय = समाजवादकाे आधारकाे लागि कम्युनिस्ट एकता त्यसकाे मियाे नेकपा (एमाले) ।

नेपाल नेपाली जनताकाे बलिदानबाट प्राप्त उपलब्धिकाे रक्षा गर्ने हाे भने प्रचण्ड माधब नेपाल प्रबिर्ति रहित कम्युनिस्ट एकता स्थाईत्व बिकास जाहा सामाजिक न्याय सुरक्षित हाेस । काङ्ग्रेस एउटा वर्गकाे पार्टी हाे एमाले अर्काे वर्गकाे कुन कित्तामा उभिने फैसला गराै । हाे समस्या रहित दुनिया हुन्न तर दलाल नाेकरशाहि पुजिवाद एव उदारवादकाे पुच्छर बन्ने कि समाजवादकाे आधार निर्माण गर्न नेकपा (एमाले) काे कित्तामा उभिएर देशकाे सेवा गर्ने सवाल यी दुईनैहुन फैसला आआफ्नाे ।

(बरालले मंगलबार बिहान सामाजिक सञ्जालमा प्रस्तुत गरेको विचार जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका हाैँ ।-सम्पादक)

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ०८:४०