२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित


२५ माघ, काठमाडौँ । प्रतिनिधि सभाको बेठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ ।

सूचनामा भनिएको छ ,’ प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मान्य सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार २०:३१