२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पछिल्लो २४ घन्टामा १९५७ जनामा काेराेना संक्रमण, ११ जनाकाे मृत्यु


२५ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नाै सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नाै सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४ जना र चार हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ । पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १७:०१