२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सर्वोच्चको परमादेश, सत्ता गठबन्धन र एमसीसीको कनेक्सन, प्रचण्डले नै खोलिदिए पोल


२४ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्र प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले पत्रकार मार्फत लिक गराइदिएपछि अर्को पोल खोलिदिएका छन । एमसीसीका विषयमा अस्पष्ट र दोहोरो भूमिकामा रहेका प्रचण्ड आफू र देउवाले संयुक्त हस्ताक्षर गरेर लेखेको समर्पण पत्र लिक भएपछि विक्षिप्त बनेका छन ।

एमसीसीको विषयमा सत्ताको हतिहार समेत बनेको यो  विषय सार्वजनिक भएपछि प्रचण्डले खोलिदिएका छन । अस्थिरामा रमाउनुलाई क्रमभंगता मान्ने प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि सचिवलाय मार्फत त्यसको विषयमा स्पष्ट पार्ने कोशिश गरेका छन ।

उनले एमसीसीलाई लेखेको पत्र आफैँले लेखेको स्वीकार गर्दै त्यो सत्ता गठबन्धन जोगाउनका लागि बाध्यात्मक भएको बताएका छन । उनले यसअघि पनि सर्वोच्चले ठूलो गुन लगाएको भन्दै चर्चा गर्ने गरेका थिए । कतिसम्म भने सर्वोच्च अदालते २४ घण्टपछि गर्ने फैसलाको हुबहु व्यहोरा प्रचण्डले २४ घण्टा अगावै सार्वजनिक गरेका थिए ।

तत्कालीन पाँच दलीय गठबन्धनका लागि संविधान विपरित फैसला गरेको भनेर परमादेश लेख्ने न्यायाधीशले नै अमेरिकाबाट इमेल गरेको विषय यसअघि नै प्रकाशमा आइसकेकोथियो । अझै परमादेश जारी गर्ने न्यायाधीशले नै पूर्व सहमति अनुसार नभएको भन्दै प्रधानन्यायाधीशका विरूद्धमा इतिहासमा पहिलो पटक इजलास बहिष्कार गरेर आन्दोलन नै चलाएका थिए ।

आइतबार ती कुरालाई बल पुग्ने गरी प्रचण्डले सचिवालयका नाममा प्रष्ट पार्न खोज्दा पनि भनेका छन । उनले भनेका छन, ‘प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि MCC पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो।’

यस्तो छ प्रचण्ड र देउवाले लेखेको पत्र

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार १२:२०