१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सुनकाे मूल्यमा सामान्य वृद्धि, यस्ताे छ बजार भाउ


३ माघ, काठमाडौं । सुन ताेलामा १०० रुपैयाँले वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, साेमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १२:१५