१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

झिल्टुङ्ग क्रसकन्ट्री दौडको छैठौं संस्करण माघ ८ गते हुने


२१ पुस, नुवाकाेट । झिल्टुङ्ग क्रसकन्ट्री दौडको छैठौं संस्करण माघ ८ गते आयोजना हुने भएको छ । नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौँ एथलेटिक्स संघको प्राविधिक सहयोगमा झिल्टुङ्ग क्रसकन्ट्री दौड हुन लागेको हो ।

दौड नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने रुट रहेको छ ।

जसमध्ये ४ दशमलव ५ किलोमिटर उकालो र २ किलोमिटर समथर र बाँकी बाटो ओरालो रहेको आयोजकले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा दौड संयोजक मोहन नेपालले झिल्टुङ्ग तथा नुवाकोटको पर्यटन प्रवद्र्धनका साथै झिल्टुङ्ग क्षेत्रका बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको बताए ।

त्यस्तै नुवाकोटको बेलकोटगढी ५ का वडा अध्यक्ष अनन्तराम नेपालले झिल्टुङ्ग क्रसकन्ट्री दौडलाई अन्तराष्ट्रिय स्तरको बनाउने र झिल्टुङ्गलाई सवैतिर चिनाउने उदेश्यले प्रतियोगीता आयोजना गरेको जानकारी दिए ।

क्रसकन्ट्री दौडलाई विकास गर्ने उद्धेश्य सुरुवात गरिएको झिल्टुङ्ग दौड खेलाडीलाई दौडने अवसर दिदै लामो दुरीको दौडलाई सहयोग गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ११:४१