१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

साहित्य सन्ध्या पुरस्कार पौडेललाई


१६ साउन, काठमाडाैँ । साहित्य सन्ध्याले २०७४ सालको साहित्य सन्ध्या पुरस्कार लेखक तथा साहित्यकार आनन्दराम पौडेलले प्रदान गर्ने भएको छ ।

संस्थाको कार्यसमितिले वासुदेव अधिकारीको संयोजकत्वमा गठन गरेको चयन समितिको सुझावका आधारमा पौडेललाई रु १५ हजार राशिको सो पुरस्कारबाट सम्मानित गरिने अध्यक्ष राम विनयले जानकारी दिनुभयो ।

चयन समितिमा डा फणिन्द्र निरौला र डा भागवत आचार्य सदस्य हुनुहुन्थ्यो । पुरस्कार आउँदो भदौ २ गते प्रदान गरिनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार २२:२२