१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

अब ६ महिनामा अर्थमन्त्री शर्मा मुद्रा कोषको कारिन्दामा सीमित हुनेछनः डा लोहनी


२ पुस, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष एवं पूर्व अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री जनार्दन शर्मा माथि कडा टिप्पणी गरेका छन । सामाजिक सञ्जाल मार्फत उनले कडा टिप्पणी सार्वजनिक गरेका हुन ।

उनले नेपालमा विदेशी मुद्राको भण्डारण घटेका कारण अहिलेको समस्या देखिएको भन्दै क्रान्तिकारी अर्थमन्त्री शर्मा अबको केही समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषको कारिन्दामा रूपान्तरित हुने चेतावनी दिए ।

डा लोहनीले सामाजिक सञ्जालमा व्यक्त गरेको टिप्पणी उनकै भाषामा तल हेर्न सक्नुहुन्छ ।

नेपालको अर्थतन्त्रमा समस्या बढ्दै छन् एउटा मूल समस्या घट्तो बिदेशी मुद्रको भण्डार हो । यो समस्यालाई अब बिग्रन नदिन राष्ट्र बैंकसँग रहेको संस्थागत विज्ञता र अर्थ मन्त्रालयको ब्यबहारिक अनुभवको संयोजन जरुरी छ जुन अहिले भइरहेको छैन यस्तै गति रहे आउदो चारदेखि छ महिनाभित्र नेपालका “क्रान्तिकारी” अर्थ मन्त्री पदले मन्त्री भएपनि ब्यबहारिक रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्मानित कारिन्दा मा रुपान्तरित हुनेछन र देस ऐले कसैले कल्पना नगरेको संकट मा पुग्नेछ। चेतना भया

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १८:०४