२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रभु बैंकले लाभांश वितरण गर्न अनुमति पायो


२२ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । बैंकले लगानीकर्तालाई घोषणा गरेको लाभांश अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत दिन लागेको छ । उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रियाअघि बढ्नेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १२:३५