२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो


२२ मंसिर, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

प्रतिकात्मक तस्बिर ।

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रति १० ग्राम ७८ हजार सात सय पाँच पैयाँ कायम भएको महसंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार ११:०४