२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

फरवार्ड माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने


२२ मंसिर, काठमाडाैँ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ सम्मकाे संचित नाफाबाट ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशतले हुन आउने चार करोड ३७ लाख ८६ हजार ३४७.५० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालन समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १०:४१