२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

गुल्मी कांग्रेस अधिवेशन सुरू, सभापतिमा पन्थी र थापा भिड्दै


१० मंसिर, गुल्मी । नेपाली कांग्रेस गुल्मीको जिल्ला अधिवेशशन तम्घासको बालमन्दिरमा सुरू भएको छ । कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले शुक्रबार अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशन भोलिसम्म जारी रहनेछ ।

क्षेत्र नम्बर १ बाट नौ सय ३९ र क्षेत्र नम्बर २ बाट आठ सय २७ जना गरेर १७ सय ६६ जना प्रतिनिधिले अधिवेशनमा नेतृत्व चयन गर्ने कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए ।

अहिलेसम्म सभापतिमा खिलध्वज पन्थी र वेदबहादुर थापा मगरले उम्मेदवारी घोषणा गरेका छन् । पन्थी पौडेल र थापा देउवा पक्षधर हुन् । त्यस्तै उपाध्यक्षमा अनन्तराम पौडेल र झबिन्द्र विकले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै सचिवमा भगतसिंह खड्का, पूर्ण केसी, जगदीश भट्टराई र थम्मनबहादुर केसीले उम्मेदवारी घोषणा गरेका छन् । सहसचिवमा रेशम कुँवर, धर्मराज पान्डेय, निरोज मरासिनी, छबिलाल पान्डेयले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १६:१०