२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

महाधिवेशनपछि माओवादी पूर्व लडाकू एमालेमा प्रवेश गर्दैछन्ः ओली


१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पूर्व लडाकूहरू नेकपा एमालेमा प्रवेश गर्न लागेको बताएका छन् । महाधिवेशन उद्घाटन समारोहमा उनले महाधिवेशनलगत्तै पूर्व लडाकूहरू सामुहिक रुपमा प्रवेश गर्न लागेको बताए ।

उनले माओवादी पार्टीका लागि जीवन नै होम्ने तर लक्ष्य प्राप्तिपछि आफ्ना नातागोतालाई मेयर, मन्त्री बनाउने पार्टीमा अब उनीहरू बसिनराख्ने बताए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १६:००