२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

गाेलाप्रथाबाट चुनिइन् विद्यार्थी नेता लुइँटेल कांग्रेस महाधिवेशन प्रतिनिधि


१० मंसिर, ओखलढुंगा । नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगामा केन्द्रीय प्रतिनिधिमा दुई उम्मेदवारकाे मत बराबर भएपछि गाेलाप्रथाबाट निर्णय लिइएकाे छ । समावेशी काेटाअन्तर्गत खस आर्य महिलामा उम्मेदवारी दिएका विद्यार्थी नेता अर्चना लुइँटेल र अम्बिका भट्टराईले समान पाँच सय ८८ पाएका थिए ।

दुईमध्ये एक छान्न कतिले पुन: मतगणना गर्ने उपाय सुझाए । तर निर्वाचन अधिकृत अधिवक्ता उज्वलराम श्रेष्ठले गाेलाप्रथा गरेर निर्वाचित गराउने विधि बताए । गाेलाप्रथा गर्दा लुइँटेलकाे भागमा निर्वाचितकाे चिठ्ठा पर्‍याे । र, उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १४:१०