१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

–तुलसी न्याैपाने 

जतिसुकै झुसुल किराको हाम्ले अध्यायन गरेपनि
उसको भावना बुझ्नलाई त किरै हुनुपर्छ
हिड्ने बाटो कठिन अनि भिरै हुनुपर्छ ।

संघर्ष नै जिवन हाम्रो जिवन संघर्ष हो
हिरा काट्ने पनि यहा हिरै हुनुपर्छ
हिड्ने बाटो कठिन अनि भिरै हुनुपर्छ ।

वचनले नै मान्छेको मुटु छेड्न सक्छ सानु
भो नभन न तात्तातो त्यो झिरै हुनुपर्छ
हिड्ने बाटो कठिन अनि भिरै हुनुपर्छ ।

सुखमा नि मान्छेहरु रोएको देखेकी छु
नभन है रुनलाई नि पिरै हुनुपर्छ ।
हिड्ने बाटो कठिन अनि भिरै हुनुपर्छ ।

यो जीन्दगी भनेको नै कुमालेको चक्र न हो
घुम्दै जादा, कहिले पाउ त कहिलेकाहि शिरै हुनुपर्छ
हिड्ने बाटो कठिन अनि भिरै हुनुपर्छ ।

आफुले नजाने रै दुःख पाउछ जिउले भन्छन
मासु मिठो मसलाले चाना मिठो घिउले भन्छन
खुर्सानी त नभएनी खासै फरक पर्दैन रे
नुन बेसार मसला र जिरै हुनुपर्छ
हिड्ने बाटो कठिन अनि भिरै हुनुपर्छ ।

माया मिठो बैसमा रे भोजन मिठो भोकमा भन्छन
म भन्दिन भोकमा पनि खिरै हुनुपर्छ
हिड्ने बाटो कठिन अनि भिरै हुनुपर्छ ।
जतिसुकै झुसुल किराको हाम्ले अध्यायन गरेपनि
उसको भावना बुझ्नलाई त किरै हुनुपर्छ
किरै हुनुपर्छ हजुर भिरै हुनुपर्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १९:१७