१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

‘सिहंदरवार २’ आइतबारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुने


१२ साउन, काठमाडौँ । टेलिशृंखला ‘सिंहदरबार’को दोस्रो शृंखलाका रुपमा ‘सिंहदरबार २’ आइतबारबाट प्रशारणमा आउने भएको छ । नवीन सुब्बा निर्देशित ‘सिंहदरबार २’ नेपाल टेलिभिजनबाट भोलि आइतबार बेलुकी ८ बजेर ५० मिनेटदेखि प्रसारणमा आउन लागेको हो ।

सिंहदरबार २ मा अभिनेत्री गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, बादल भट्ट, हेमन्त चालिसे, प्रकाश घिमिरे, प्रभात रिमाल, देशभक्त खनाल, आलोक थापा, सबिना गोपाली, कृष्ण शिवाकोटी, सिर्जना सुब्बा लगायतले अभनिय गरेका छन ।

अभिनेत्री गौरी मल्लले नेपाली समाजमा नारी पात्र पनि सशक्त ढंगबाट सत्ता र नेतृत्वमा रहेर काम गर्न सक्छन् भन्ने सन्देस सिंहदरबार २ टेलिसिरियलले प्रवाह गर्नेमा आफू ढुक्क रहेको बताएकी छिन ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ११:०१