१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रिमियर इन्स्योरेन्सले घोषणा गर्याे लाभांश , बोनस र नगद कति ?


५ मंसिर, काठमाडाैँ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सकाे मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सकाे प्रस्तावित लाभांश बिमा समितीबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १५:०५