१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

भुल्नै नसक्ने गोसाइँकुण्ड यात्रा (यात्रा संस्मरण)


–श्रीराम श्रेष्ठ
मिति ठ्याकै याद भएन, त्यस्तै २०६० सालतिर हुनुपर्छ । काठमाडौँबाट मेरा अनन्य मित्र हरिचन्द्र खड्कीजीले मलाई फोन गर्नु भएको थियो घरको ल्याण्ड ल्यान फोनमा । फोनको रिसिभर उठाउने बितेकै उनले भने दाई म हरिचन्द्र, आकस्मात योजना बन्यो गोसाइँकुण्ड जानलाई । म सहित रमेश, नवराज र प्रेम भोलि बिहान काठमाडौँबाट ७ः०० बजेको माइक्रोमा आउछौँ । तपाइँ र हरि ठीक भएर बस्नुहोला । नाई नभन्नुहोला । यस्तो कुरा सुनेर म अल्लमल्लमा परे । नकार्न सकिन् मौन स्वीकृत दिए । हुन त गोसाइँकुण्डको यात्रा के ही वर्ष अगाडी मात्रै गरेको थिए ।

नभन्दै भोलिपल्ट १० बजे बिहान पाचैँ जना मित्र तयारीको साथ मलाई लिन आए । मैले नकार्न सकिन । गोसाइँकुण्ड यात्राको लागि अति आवश्यक सामानहरू झोलामा राखे । घरमा विदा मागी लागियौ –गोसाइँकुण्ड छुट्ने बसको खोजिमा ढुङ्गेतिर । गोसाइँकुण्डको मेलाको भीड भाडले गर्दा धुञ्चेसम्म जाने साधन पाइएन । एक घण्टा जतिको बसाईमा बल्लतल्ल एउटा मिनीबस आयो र सो ही बसलाई रिजर्भ गरेर हामी र अन्य तीर्थयात्री सहेर गरेर प्रारम्भ भयो यात्रा ।

ढुङ्गेबाट सुरू भएको यात्रा भैसँे, बेत्रावती माझगाउँ हुँदै कालिकास्थान बजारतिर प्रबेश गर्न उकालो चढ्दैछौँ । बाटोको बायाँपट्टी ठूलाठूला सल्लाका रूखहरूको हरियाली दृश्यले मनलाई नै प्रफुल्लीत बनाएको महसुस ग¥यौ । बाटो धेरै घुम्ती र मोडहरू भएका कारणले केही प्यासेन्जरहरूले बस गुड्दा गुड्दै बान्ता समेत गरे । अमिलो पानी हुलुक्क मुखमा आई मलाई पनि बान्ता होला होला जस्तो भयो । चालक दाईलाई एक क्षण गाडी रोक्न अनुरोध गरे अनुसार मुसुक्क हाँस्दै गाडी रोक्यो । बाटो नजिक रहेको धारामा मुख धोई केही समय धाराको पानीमा टाउको भिजाएर राखे । त्यसपछि आराम भएको महसुस गरे ।

लेखकः श्रीराम श्रेष्ठ ।

बस स्टार्ट गरी केही अगाडि पुगेका थियाैँ कालिकास्थानको मुखैनिर प्रहरी चौकी देखियो । द्धन्दकाल भएकोले हुन सक्छ कालिका स्थानमा रहेको प्रहरी चौकी र आर्मि चौकीको चोकपोष्टमा लाइनबद्ध भई सुरक्षा जाँच गरियो । करिव एक घण्टाको समय नै लाग्यो । अलि उच्च स्थानमा रहेको हुँदा नुवाकोट जिल्लाको सदरमूकाम क्षेत्रका साथै चारघरे, खड्गभञ्याङ्ग, बुधसिंग, रातमाटे, जिलिङ्ग, दुइपिपल, बेलकोटजस्ता गाउँबस्तीको दृश्य हेर्न सकिन्छ । कालिकास्थान बजारको बाटोको दुबै साइडमा पक्कि ढलान गरेर बनाइएको घर बाक्लै देखियो । किनमेल गर्नेदेखि घुमफिरका लागि आउने मान्छेहरूको भीड कालिका स्थानमा देखिन्थ्यो । विशेष गरेर कालिका स्थानको दही प्रसिद्ध रहेका छ । हामीले पनि एक÷एक गिलास खायौँ । विदुरबाट नजिकै रहेको हुँदा कालिका स्थानमा घुम्न र पिकनिक खान आउने गर्दो रहेछ ।

कालिका स्थानबाट अघि बढ्ने क्रममा खाल्टाखुल्टी बाटो पार गर्दै हामी राम्चे पुग्यौ । भारी वर्षाको कारण पहिरो गई बाटो नै अबरूद्ध भएको रहेछ । एक आध घण्टा बस्यौ, डोजरले बाटो सफा गर्दै रहेछ । वि.स. २०५९ सालमा वर्षाको समयमा राम्चेको पहिरोले त्यहाँ रहेको सानो ब्यारेकको नामो निसाना नरहने गरी बिपत्ती निम्त्याएको थियो । रातको समयमा घटेको घटनामा १७ जना नेपाली सेनाका दाजुभाइहरूको ज्यान गएको थियो । वर्षेनी यस ठाउँमा पहिरो गई यातायातको साधन बन्द हुनेगर्छ । यस ठाउँमा बाटो मर्मत सुधारको लागि राज्यको लगानी वालुवामा पानी हालेको सरह नै भएको छ । नुवाकोटबाट धुञ्चे जाने बैकल्पिक बाटोको खोजी अनुरूप नै अहिले बेत्रावतीदेखि मैलुङ हुँदै स्याप्रुबेशीसम्म मोटर बाटो खन्ने काम भई रहेको छ । जस्को जिम्मा नेपाली सेनाले लिएको छ । अब दुई वर्षको अन्तरालमा उक्त छोटो दूरिको बाटो चले पश्चात् सबैलाई ठुलै राहत मिल्न जाने छ ।

राम्चेबाट केही अगाडि मात्रै बढेका थियौ –गराङ पुग्यौ । गराङमा पनि पहिरो गएको रहेछ । उक्त पहिरो हटाउन डिभिजन सडकका कर्मचारीहरू डोजरको माध्यमबाट तल्लिन थिए । पानी झम झम परिरहेको थियो । पहिरो हटाउन खटिएका सडक कार्यालयका कर्मचारीहरू पानीमा रूज्दै काम गरिरहेका थिए । मनैदेखि दया जागेर आयो । यी कर्तब्यनिष्ट राष्ट्र सेवकहरूलाई ह्रदयदेखि धन्यवाद दिए ।
भोका मेट्नका लागि गराङको एक छाप्रो पसलमा छिर्याँै । खाजाको रूपमा हामीले चाउचाउ पकाएर खायौ । एउटा चाउचाउ पकाएको १२०÷– रूपैयाँ लियो । खुसी भएर हामीले ति¥यौ । बल्लतल्ल बाटो सफा भयो । गुरूजीले बसको हर्न बजायो । सबै यात्रुहरू बसमा चढी यात्रा अगाडि बढ्यो । धुञ्चे बजारको मुखैमा लाङटाङ राष्ट्रिय निकुञ्जको सेना ब्यारेक रहेछ । पुनः सुरक्षा जाचँमा हामी सहभागी भयौ । चेक जाचकै क्रममा एक तीर्थयात्रीले भने हामी तीर्थयात्रा गर्न आएको हो । समय घट्की सक्यो । अलि छिटो गर्नु प¥यो भन्दा चेकजाच गर्ने सुरक्षाकर्मी अलि रूखो व्यवहार देखाए । मैले सोचे सेनाका मान्छेहरू त अनुशासित हुन्थ्यो । तर त्यस दिनको ब्यवहार ठीक लागेन । यसरी ढुङ्गेदेखि धुञ्चेसम्म साधनको यात्रा गर्न मात्र तीन घण्टा लाग्ने थियो । तर बाटोमा सुरक्षा जाँच र पहिरोको कारणले ८ः०० घण्टा लाग्यो ।

रसुवा जिल्लाको सदरमूकाम धुञ्चे हो । धुञ्चे समून्द्री सतहबाट एक हजार नौ सय पचास मिटर अग्लो स्थानमा पर्दछ । धुञ्चेसम्म मोटरबाटो, अस्पताल, प्रहरीचौकी, टेलिफोन सुविधा, विधुतीकरणले गर्दा सीमित स्थानमा चहलपहल देखिन्छ भने धुञ्चेदेखि माथिल्लो भेगका गाउँबस्तीहरू विकास निर्माण कार्यक्रम न्यून रहेकोले यहाँका अधिकांश जनताहरू कष्टकर जीवन यापन गर्दै आइरहेको छ ।

धुञ्चेमा सुबिधा यूक्त होटेल तथा लजको पनि ब्यवस्था रहेछ । स्वदेशी तथा विदेशी पर्यटकहरूको बसोबास थलो नै धुञ्चे हो । यहाँ घरेलु उत्पादन राडी, पाखी, गलैचा, गुन्द्री, थुन्चे, डोको, नाम्लोको खरिद विक्री पनि राम्रै हुँदो रहेछ । धुञ्चेमा जापान, कोरिया आदि राष्ट्रहरूमा निर्यातका लागि हिमालयन स्प्रिङ्ग वाटर कारखाना पनि रहेछ । जस्को बिक्रिले गर्दा प्रशस्त मात्रामा बौदेशीक मूद्रा आर्जन भएको स्थिति रहेछ ।

धुञ्चेबजारमा बासको लागि लजहरूमा चाहार्दा चाहार्दै रातको ११ः०० बजिसकेछ । काहीँ पनि रात काट्ने मेशो मिलेन । थकित भएका छौँ । बल्लतल्ल एउटा कोठा मिल्यो त्यही पनि एउटा सामान्य होटेलमा हामी सुख दुःख मिलेर सुत्ने निधो ग¥यौ । आफूले लगेको झोलालाई नै सिरानी बनाई निन्द्रा देवीको शरणमा भुसुक्कै भयौं ।

बिहानी पख ६ः०० बजे नै घाम छर्लङ लागेको छ । उत्तरपट्टि अग्ला अग्ला सेताम्य हिमालका टाकुरा चाँदी जस्तै टल्किएको छ । सबै यात्रीहरू फोटो खिच्ने तरखरमा लागे । बिहानको ८ः०० बजेको छ । गन्तव्य स्थल गोसाइँकुण्ड लाग्नु छ । बाटोमा खानाका लागि हामीले स्थानीय बजारमा चाउचाउ , बिस्कुट, चकलेट, चिउरा किन्यौ । र धुञ्चेलाई छाड्र्दै अघि बढ्ने क्रममा घट्टेखोलो पुग्दा नपुग्दै मुसल धारे बर्षा शुरू भयो । मैले सबै मित्रहरूलाई चिसोले समात्ला विरामी भइएला । एक क्षण थकाई पनि मारौ । चिया नास्ता पनि गराँै भनी एक स्थानीय होटेलमा बस्याँै । निरन्तर रूपमा पानी प¥यो । जिउ तताउन हामीले आगो ताप्दै याकको मासुसँग स्याउको तीनपानी रक्सिको चुस्की लियौँ । पानी पर्न छोड्यो त्यसपछि यात्रा पुन शुरू ग¥यौ । घट्टेखोलाको पुल तर्ना साथ पहरा खनेर बनाएको निकै साघुरो ठाडो भ¥याङको श्रेणी चर्दै अगाडि बढ्यो । त्यस ठाउँबाट चिप्लेमा के गति होला । वर्षातको बेला हिलाम्मे बाटो त्यही माथि बाटो पनि साघुरो तसर्थ, बाटोलाई के ही हदसम्म फराकिलो पार्न सके हुने थियो कि भन्ने मनमा कुरा खड्क्यो ।

अझ धुञ्चेबाट शुरू हुने गोसाइँकुण्डको यात्रामा पर्यटकहरूको सुविधाको लागि बाटोमा गोसाइँकुण्ड जानेबाटो मात्र लेखिएको रहेछ । त्यसको साटो सो ठाउँको नाम र दूरी लेखिदिएको भए पर्यटकहरूलाई सजिलो पर्न जाने थियो भन्ने कुरा मैले साथीहरूलाई शेयर गरे । यात्राकै क्रममा खन्तीको उकालोमा पुगियो । यात्रा गर्ने यात्रुहरूले लठ्ठी टेक्दै अगाडि बढेको देख्यौ । हामीलाई पनि यात्रा गर्न कठिनाई भइरहेको थियो । नजिकैको छाप्रो पसलमा खुकुरी मागी ६ वटा रूखका हाँगा काटी लठ्ठी बनायौ । सोही लठ्ठी टेक्दै हामी अगाडि बढ्यौ । लठ्ठी बास्तवमा सहयोग सिद्ध नै भयो उकालो बाटो चढ्नका लागि । बल्ल पुगियो लौरी विनायक भन्ने स्थानमा । यो स्थान उच्च रहेकोले यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्यको साथै लाङ्टाङ र गणेश हिमाल स्पष्टसँग देख्न सकिने रहेछ । उकालो हुँदै यात्रा गर्ने कम्रमा हामी चन्दनबारी पुग्यो । यात्राको क्रममा बीचबीचमा देखिने झरना, फुलेका रङ्गी चङ्गी फूल, चराचुरूङ्गीको चिरविर आवाज र वनमा चरिरहेको भेडा, च्याङ्ग्रो, याक, घोडाको दृश्य झनै मनमोहक तुल्याउछ भने विशेषत यस जङ्गलमा चितुवा, हिउ चितुवा, भालु, रेडपाण्डा, मृग, नायर, घोरल, स्याल, ब्वासो, बदेल, भालु, कस्तुरी जस्ता जङ्गली जनावरहरू पाइन्छ । यात्राकै क्रममा लङ्गुर बादर प्राय जसो ठाउँमा हाम्रो जम्का भेट भएको थियो ।
त्यस्तै जङ्गलमा विशेष गरेर गोब्रे सल्ला, उतीस, लालीगुराँस, अङ्गेरी, निगालो, बास, चुर्तो, धुपी आदि जस्ता बोटबिरूवाको साथै अ‍ैसेलु, भीमसेनपाटी, सिस्नुजस्ता प्रजातिका साना बोटबिरूवाहरू पनि पाइदो रहेछ ।

आजको बास हामीले चन्दनबारीमा बस्ने निधो ग¥यौ । यस्तो दुरदराजमा पनि ब्यवस्थित होटल तथा लजहरू भए तापनि तीर्थयात्रीहरू कै भीडले लज पाइएन । चन्दन बारी नजिकै सुत्नका लागि टहरा बनाइएको रहेछ । त्यही टहरामा बास बस्यौ । एउटा सानो टहरामा ५०÷६० जना थिए होलान । बहुत कष्टकर गरेर रात काटियो ।

बिहानी पख हामी चियानास्ता गरी चन्दनबारीबाट अगाडि बढ्यो । चन्दनबारीदेखि नै भूँइ भरी नै सयौ प्रकारका रङ्गी चङ्गी फूलहरू फूलेका रहेछ । उक्त मनमोहक दृश्यलाई कैद गर्न हामी तल्लिन भयौ । यसरी फुलैफुलको गन्तव्य स्थल हो कि जस्तो भान भयो ।

बाटोमा उकालो चढ्न नसकी धेरै बुढ्यौली उमेरका मान्छेहरू चन्दनबारीबाटै फर्केका थिए भने हिड्न नसक्नेहरूलाई घोडाका साथै तामाङ युवाहरूले बोकेर गोसाइँकुण्ड पु¥याउने रहेछ –चर्को मूल्य लिएर । यात्राको समयमा निकै नै उकालो चढ्नुपर्ने हुँदा प्राथमिकको उपचारका सामाग्रीहरू, चिसोबाट बच्नको लागि लगाउने लुगाहरू, जति उकालो चढ्दै गयो अक्सिजनको कमीले गर्दा सास फेर्न गारो पर्ने हुँदा साथमा मिश्री, अदुवा, लसुन, बिरेनुन, तिम्मुर आदि साथमा लानुपर्छ रहेछ ।

हिड्दा हिड्दै लखतरान हुँदै गणेश गौडा पुगियो । के ही समय हामी सुस्केरा हाल्दै थकाई मा¥यौ । तामाङ जातिका मान्छेहरू विभिन्न पोशाकमा सजिएर ढेयाङ्ग्रो बजाउदै हुलका हुल मान्छे गोसाइँकुण्ड जाने र आउने दृश्य देख्यौ बाटो भरी ।

गणेश गौडाबाट तरपाई हुँदै बल्लतल्ल गोसाइँकुण्ड पूण्य भूमिमा टेक्यौ । अक्सिजनका् कमीले गर्दा मलाई चिटचिट पसिना आई रिङ्गटा लागि सास फेर्न गाह्रो जस्तो प¥यो । म लगायत मेरा साथीहरू निकै नै आत्तियौ । साथीहरूले साथमा लगेको लसुन, चकलेट र टिमूर खान दिई पानीले मुख र टाउको भिजाइ दिए । एक छिनमा आराम भयो ।

गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दोरहेछ । जस्ले नुवाकोट, रसुवा र सिन्धुपलाञ्चोक जिल्लाको एक हजार सात सय १० वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । विकासको नाममा कछुवा गतिमा बामे सरेको रसुवाको गोसाइँकुण्डले मात्रै सिङ्गो जिल्लाको पहिचान दिन सफल भएको छ ।
गोसाइँकुण्ड समून्द्री सतहदेखि चार हजार तीन सय ८० मीटर अग्लो स्थानमा रहेको छ । चारैतिर पहाडले घेरेको बीच भागमा चतुरभूज आकारले बनेको छ । गोसाइँकुण्डको लम्बाई ६२५.५५ मिटर, चौडाई ३०२ मिटर, गहिराई २६ मिटरको साथै आयतन १४,७२ ००० घन मिटर रहेको छ । यस क्षेत्रमा बेजोडले सिरेटो हिमपात हुँदो रहेछ । कहिले काहीँ पानी पर्न छाडेको समयमा रमणीय दृश्यहरूको अवलोकन गर्न र क्यामरामा तस्वीर कैद गर्न तीर्थयात्रीहरू सक्रिय भएको देखियो ।

कुण्ड आफैमा पवित्रता, स्फूर्तिको एवम् धार्मिक सत्यताको प्रतिक हो । हिमच्छदित उच्च पर्वतबाट निस्केको कञ्चन पबित्र चिसो पानीमा स्नान गर्दा थाकेको तीर्थयात्रीहरूले थकावत तुरून्तै समाप्त हुने विश्वास स्वयम् म आफैले अनूभूति गरे । कुण्डको पानी अति नै चिसो भएको हुँदा धेरै समयसम्म स्नान गर्न नसकिदो रहेछ । अझ कुण्डामा स्नान गर्नाले रोग ब्याध हराउने र पूजापाठ गर्नाले मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेछ ।

गोसाइँकुण्डको उत्पत्ति सम्बन्धि स्थानीय जनजिब्रोबाट यस्तो सुनियो । परापूर्व कालमा देवदेवताहरू मिलि पृथ्वी मन्थन गर्दा ऐरावत हात्ति एवं कालकुट विष निस्क्यो । त्यस विषलाई समाल्ने कोही भएन । संसार दग्ध हुने अवस्थामा पुग्यो । त्यसपछि प्रत्येक देवदेवताले एउटा एउटा भाग समाले तर कालकुट विष समाल्ने कोही भएन । सबै देवीदेवता कोलाहाल मचाउँदै भगवान शंकरको शरणमा परे । शंकरले उक्त विषलाई पान गर्नु भयो । विष आखिरी विष नै थियो । विषको पीडा र जलनले छट्पटिनु भयो । शितलताको लागि हिमालतिर प्रस्थान गर्नु भयो । आफ्नो हातमा भएको त्रिशूलले कुण्डको ठीक उत्तर दिशातर्फ तीर प्रहार गर्दा त्रिशूलको तीन छिद्रबाट पानी निस्क्यो । र त्यही पानी खाई जमेको पानीको बीच भागमा गई सहेन गर्नु भयो ।

यस्तो कथन अनुसार उत्तर पट्टि त्रिशूल धारा सावित छ । सो ठाउँमा स्नान गरिसके पछि पूजापाठ गरिन्छ । कुण्डको नजिकै महादेवको मन्दिर पनि छ । तीर्थयात्रीहरू लामबद्ध भई पूजापाठ गरिन्छ । गोसाइँकुण्डबाट बगेर बनेको नदी त्रिशूली नामले पुजीयो । सोही नदीबाट बगेको पानी जमी भैरवकुण्ड, सरस्वतीकुण्ड, नागकुण्ड बन्यो । गोसाइँकुण्डको वरिपरि १०८ कुण्डहरू छन् भन्ने स्थानीय भनाई सुनिन्छ । गोसाइँकुण्डबाट दुई घण्टाको उकालो चढेपछि सूर्यकुण्ड पुग्न सकिने रहेछ । निकै नै थकित भएकोले हामीले सूर्यकुण्डको यात्रा बीचमा नै तोड्यो ।

गोसाइँकुण्डको यात्रा गर्दा त्यहाँ पुग्नेहरूका लागि एक रात भए पनि त्यताई बस्ने इच्छा जाग्दो रहेछ । गोसाइँकुण्डको वरिपरि कुनै गाउँहरू नभएको हुँदा स्थायी रूपमा केही होटेलहरू रहेछन् । जुन होटेलहरूमा मेलाको बखतमा सारै भीड लाग्ने हुदाँ सुत्ने ठाउँ नपाइने रहेछ । अस्थायी रूपमा कटेराहरू बनाइएको हुन्थ्यो । तर २०७२ बैशाख १२ गते आएको महाभूकम्पले गोसाइँकुण्ड क्षेत्रका सबै घर भत्किएको छ । तसर्थ, यस वर्ष जाने तीर्थयात्रीहरूलाई बास बस्नका लागि कठिन हुन सक्छ । तसर्थ, यदि यात्रामै जाने हो भने अस्थायी रूपमा कटेरा त पक्कै बनाउँछन् नै । साथमा स्लिपिङ ब्याग र केही हलुका खानेकुरा साथमा लानुका साथै कुन कुन ठाउँमा बास बस्ने हो पूर्व योजना मुतविक यात्रा गर्न बुद्धिमता हुन जाने छ ।

यसरी विभिन्न आरोह अबरोह पार गर्दै दोस्रो पटक गोसाइँकुण्ड यात्रा गरेको हिजो जस्तो लाग्थ्यो तर १२ वर्ष पार गरिसके छ । आजसम्म पनि गोसाइँकुण्ड यात्राले मेरो मन मष्तिस्कलाई ताजा बनाई रहन्छ ।

[email protected]

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ०९:४०