१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

चैत पहिलो साता पार्टी एकीकरणः प्रचण्ड


१९ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत पहिलो साता पार्टी एकीकरणको घोषणा हुने बताएका छन ।

प्रचण्डले दुई पार्टीको एकीकरणका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताए ।

अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्र र एमालेबीच पार्टी एकतामा शंका गर्ने ठाउँ नरहेको प्रष्ट पारे । अध्यक्ष प्रचण्डले अब दुई तीन दिनभित्र सरकार विस्तारले पूर्णता पाउने बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार ०७:०६