१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाँच बर्षीया बालिकामाथि यौन शोषण, उपप्रध्यापक पक्राउ


६ कात्तिक , जनकपुरधाम । पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् ।

जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम-८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेकाे आराेप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाकाे दाबी छ । बालिकाकाे यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएकाे हाे ।

 

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले पीडित बालिकाकाे शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १०:१२