दैनिकी

  • ५ कार्तिक २०७८, शुक्रबार १५:२१

सेन्चुरी बैंकका संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने

५ कात्तिक, काठमाडौँ । सेन्चुरी बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बिक्रीमा आएको सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले आज शुक्रबारबाट ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । बैंकले बिक्री गर्ने सेयर मूल्य र सेयर संख्या कति हो भने खुलाइएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ५ कात्तिकको ३५ दिनभित्र सेन्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकका अनुसार यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार १५:२१