२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

डा गोविन्द केसी पेशागत मर्यादा र नैतिकताप्रति जिम्मेवार बनुनः कांग्रेस नेतृ कोइराला


७ साउन, काठमाडाैँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले डा गोविन्द केसीलार्इ पेशागत मर्यादा र नैतिकता प्रति जिम्मेवार बन्न अाग्रेह गरेकी छिन । सोमबार फेसबुक मार्फत अाफ्नो धारणा राख्दै नेतृ कोइरालाले डा. केसीले पनि अाफ्नाे पेशागत मर्यादा र नैतिकता प्रति पनि उत्तिकै जिम्मेवारीपनकाे प्रदर्शन गर्न सक्नुपर्ने बताएकी हुन ।

उनले कांग्रेसले यस्ता विषयमा निर्णय लिँदा केन्द्रीय समिती, कार्य सम्पादन समितिमा छलफल गरेरमात्र लिनुपर्ने बताएकी छिन । उनले प्रधानमन्त्रीलार्इ पनि सहमति, सहकार्य र एकताको मर्मलार्इ नभुल्न अाग्रह गरेकी छिन ।

हेर्नुहोस् कोइरालाको स्टाटस

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १८:१४