१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पकाे घोषणा


४ कात्तिक, न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ सञ्चालन गर्ने भएका छन् । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेका हुन् ।

ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रुप टीएमटीजीले ट्रुथ सोशल सञ्चालन गर्नेछ । टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने जनाइएको छ । गत वर्ष राष्ट्रपति निर्वाचनमा साम्प्रायिक र जातीय द्वन्द्व फैलाउने अभिव्यक्तिपछि ट्विटर र फेसबुकले ट्रम्पको एकाउन्ट निलम्बन गरिदिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १५:०२