१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रामेश्वर खनालले सत्य भने अब माओवादी समाप्त हुन्छः मुमाराम खनाल


३ कात्तिक, काठमाडौँ । पूर्व माओवादी नेता एवं राजनीतिक विश्लेषक मुमाराम खनालले पूर्व सचिव रामेश्वर खनालले भने जस्तै अब माओवादी समाप्त हुने बताएका छन । देशको समृद्धिका लागि माओवादी सखाप नपारी हुँदैन भनेर सामाजिक सञ्जनालमा टिप्पणी गरेका खनालको भनाइमा साथ दिँदै मुमारामले पनि उक्त टिप्पणी सही भएको बताएका हुन ।

खनालको टिप्पणीपछि बौद्धिक वृत्तमा माओवादीको औचित्य सकिएको तर्क हुन थालेको छ । हुनत माओवादीको ३३ वर्षदेखि नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहिँ आत्महत्या गरौँ गरौँ हुन्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन भने कांग्रेस र एमालेको पुच्छर समाएर वैतरणी तर्नेमात्र हो भने माओवादी विघटन गरौँ भन्दै प्रस्ताव गरिरहेका छन ।

रामेश्वरको टिप्पणीमा थप्दै मुमाराम खनालले भनेका छन, ‘रामेश्वर खनाल सरले भनेको सत्य हो। कहिले एमालेसँग मिलेर पार्टी बचाएको छ र कहिले काँग्रेससँग मिलेर। स्वतन्त्र रुपमा माओवादी केन्द्र भन्ने पार्टी असान्दर्भिक भइसक्यो। आफैले ३३ बर्ष नेतृत्व गरेको पार्टीको यो हालत हुँदा पनि दाहालले दोष भने अरुलाई दिन्छन। जो झुक्दैन, त्यो टुट्छरसकिन्छ।’

त्यसअघि खनालले भनेका थिए, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त।’ लगत्तै त्यसको सवाल जवाफमा भाग लिँदै उनले  भनेका छन, ‘राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ !’

यो पनि पढ्नुहोस्

माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुँदैनः पूर्व अर्थसचिव खनाल

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १९:४०