२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

दसैँमा घुमघामको योजना छैन, परिवारसँगै बसेर मनाउँछु : न्यायाधीश हरिकृष्ण कार्की


दशैँ विशेष योजना खासै केही छैन । बाहिर जाने कार्यक्रम छैन । उपत्यकामै घरमै बसेर मनाउने हो । टीका मैले दाइ, माइलो काकार साइँली काकीबाट ग्रहण गर्छु । मेरो परिवारको सबैभन्दा ठूलो उहाँहरु नै हो । उहाँहरुबाटै लाउने हो । शुभचिन्तकलाई टिका लाइदिने चलन छैन ।

परिवारभित्रका आफूभन्दा सानालाई मात्रै लाइदिने गरेको छु । घुमघामको योजना छैन । अब बाँकी रहेको समयमा अब अफिसियल कामहरु पनि छ । त्यो देखि बाहेको समयमा आफूलाई रुचि लागेका पुस्तकहरु पढ्ने हो । यो सांस्कृतिक पर्व हो । यसले परिवार पुनर्मिलन गराउँछ । परम्परागत रुपमा मान्ने हो । तर त्यसरी मान्ने चलन अहिले धेरै घटिसकेको छ ।

पहिले पो धेरैजना मान्छेहरु जमघट हुने, आफ्नो जन्मेको, हुर्केको, पढेको ठाउँबाट टाढ्टाढा हुने रफर्किने, जाने, त्यहाँ सबैसँग भेटघाट हुने त्यो खालको एउटा रमाइलोपन हुन्थ्यो । अहिले त प्राय: सबै मान्छेहरु जहाँ जहाँ छन् त्यहीँ भेला हुने, बस्ने खालको स्थिति बनेर गयो । गाउँतिरभन्दा धेरै शहरकेन्द्रीत भए मान्छेहरु । पहिलेजस्तो चार्मिङ त अहिले त्यतिधेरै देखिँदैन । त्यहीँ रुपमै मनाउने हो ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १७:३९