२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दसैँ छैन, पोखरा घुम्न जाने प्लान छ : दीपकराज गिरी


ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दसैँ छैन । तर पनि दसैँ आउदा मलाई अर्कै रौनक लागेको छ । कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ । एक्दम सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने छ । बजारमा देखिएको भीडभाडले साँच्चै नै दसँै आएको महसुस गराएको छ । तर,यसले संक्रमण बढ्ने हो की भन्ने डर सृजना गरेको छ ।

यसपालि टीका नभएकाले दसैँमा कतै घुम्न जाने की भन्ने सोचमा छु । बिदेश घुम्न जानलाई पिसिआर टेस्ट, केके चाहिन्छ, त्यतिञ्जेल त आफ्नै देशको जुनसुकै स्थानमा पुगीन्छ । पोखरा जाने की भन्ने सोचेको छु । आफ्नो दसैँ नभए तापनि आम नेपाली दाजुभाइ दिदीबहिनीमा दसँैको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १६:२४