२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

चाडपर्वको बिदामा कार्यकर्ता भेट्ने र अध्ययन गरिन्छ, लेखनाथ न्यौपाने, नेता, माओवादी केन्द्र


व्यक्तिगत हिसाबले खास म दसैँ मान्दिनँ । यसो भन्दा धर्मान्तरको कुरा आउँछ । क्रिस्चियन भएर नमानेको होइन ।

सबै धर्मप्रति सम्मान गर्ने तर कुनै धर्म नमान्ने मान्छे परे । धर्मसँग जोडिएका चाडपर्वसँग म खास संलग्न हुन्न । टीका पनि लगाउँदिन । तर बहुसंख्यक हिन्दु धर्म मान्ने भएकाले यस्ता चाडपर्वले हामीलाई पनि प्रभाव पारिहाल्छ । त्यसलाई फेरि नकार्न सकिँदैन ।

अब चाडपर्वको फुर्सद बिदामा कार्यकर्ता भेट्ने, अध्ययन गर्ने काम हुन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १३:४४