१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दसैँमा परिवारसँग घुम्न जान्छु : न्यायाधीश हेमन्त रावल


यसपालि मेरो टीका छैन । गाउँमा मेरो ठूलो बुवाको छोरा-भाइ वितेको ४५ दिन पुगेको छैन । त्यसले गर्दा यसपालि टिका हुँदैन । तै पनि घरपरिवारसँग बसेर काठमाडौंमै छुट्टिको समय विताइरहेको छु । आफन्तहरुसँग भेटघाट, घरमै बसेर अध्ययन र परिवारसँगको घुमफिरमै विताइरहेको छु ।

उपत्यकाका नयाँ नयाँ ठाउँमा केटाकेटीसँग घुमघाम भइरहेको छ । जुठो परेकाले मन्दिर जान मिलेको छैन । चाडपर्वलाई संस्कार मान्नुपर्छ । हामीले संस्कृति जोगाएनौ भने हाम्रो पुस्तान्तरण हुँदैन । नयाँ पुस्ताले बिर्सिँदै जान्छ ।

त्यसकारण हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्वलाई रमाइलोसँग मनाउनुपर्छ । आफ्नो आवश्यकता र हैसियतअनुसार मितव्ययी बन्नुपर्छ । धार्मिक महत्व कायम राख्दै अनुशासित मर्यादित भएर मनाउनुपर्छ ।

( रावल चितवन जिल्ला अदालतका न्यायाधीश हुन् ।)

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार १५:२१