२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सोल्टी होटलको साधारणसभा २८ मंसिरमा


२४ असोज, काठमाडौँ । सोल्टी होटलले २८ मंसिरमा साधारणसभमा बोलाएको छ । होटलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव पेश नगरी २८ मंसिरका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । होटलले चालु आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

होटलले सभा प्रयोजनार्थ ६ मंसिरदेखि २८ मंसिरसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार ५ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार १६:०८