१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

केयर रेटिङले लाभांश वितरण प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा


१५ असोज, काठमाडौँ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले नगद लाभांश वितरण गर्न ९ कात्तिकमा साधारणसभा (एजीएम) आह्वान गरेको छ । साधारणसभा केयर रेटिङ नेपालको कार्यालय पुतलीसडक काठमाडौँमा दिउँसो साँढे दुई बजे सुरु हुनेछ ।

कम्पनीले २१ दशमलव ५२ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सानसम्बन्धी हिसाबका बारेमा छलफल, आर्थिक वर्ष ०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । सभामा सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको नियुक्ती प्रस्ताव पनि हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १५:४८