१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

प्रुडेन्सियल इन्स्युरेन्सको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन


१५ असोज, काठमाडौँ । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक सेयर लिलामीमा आवेदन भने शुक्रबार अन्तिम दिन रहेको छ । इन्स्युरेन्सले ७० हजार ६६९ कित्ता संस्थापक सेयर लिलामी बिक्री सुरु गरेको हो ।

आवेदन दिँदा न्यूनतम ५०१ रुपैयाँ मूल्य राख्न सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले शुक्रबार कार्यालय समयसम्ममा यसमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका गर्न जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ११:३७